मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

बससेवाको भ्यालेन्टाइन अफर, हरेक टिकटमा ५०० रुपैयाँसम्म छुट

Ujyalosandeshonline 11009+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं ।  मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ । देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ । 

‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन् । अनलाइनमार्फत् बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको बससेवाले जनाएको छ । 

माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ । बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूची अनुसार छुट उपलब्ध गराउनेछ । प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट पाउने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बससेवाका अनुसार लामो दुरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सीधै टिकट काट्न सक्छन् । त्यसैगरी छोटो दुरी वा न्यूनतम ९०० रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् । चितवनभन्दा छोटो दुरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागू हुनेछैन । 

स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा यो अफर सञ्चालन गरिने भएकाले यात्रुहरूलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । उनका अनुसार फागुन १० गतेसम्ममा यात्रा गर्ने गरी बुक हुने सबै टिकटमा छुट उपलब्ध हुनेछ । अहिले बससेवाबाट बढीमा २ हजार ८०० रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ । बससेवाको वेबसाइट https://bussewa.com र, मोबाइल एप http://bit.ly/3zhEjX7 बाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार